धनकुटा : धनकुटा स्थित भेडेटारमा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जिवन कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए ।
प्रहरी नायब निरीक्षक कार्कीका अनुसार सचेतनासंगै समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक पनि अग्रसर हुन थालेका छन् ।

यो कार्यक्रमबाट बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, जातीय विभेद, आत्महत्याजस्ता सामाजिक विकृति र विसंगति न्यूनीकरण गर्न निकै प्रभावकारी भएको प्रहरी नायब निरीक्षक कार्की बताउंछन् ।

_1736908732.jpg)
सांगुरीगढी गांपालिका भेडेटारको ११ वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने ५ वटा वडामा प्रहरीले स्थानीय स्तरसम्मै यो कार्यक्रममार्फत सचेतना जोगाउने काम गर्दै आएको छ ।

सामुदायिक तथा नीजि विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा स्थानीयसँग प्रहरीको सम्बन्ध राम्रो भएको प्रहरीले जनाएको छ । यस आधारमा समाजमा प्रहरीसँगको विश्वास बढ्दै गएको पाइएको छ ।
गउंपालिकाको गाउँ, टोल, समाज, विद्यालय र विद्यार्थीलक्षित सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह, घरेलु हिंसा, दाइजो तथा छाउपडी प्रथा, जातीय विभेदविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन् ।
भेडेटार पर्यटकिय क्षेत्र भएका कारण पर्यटकको सहजताकालागि बिभिन्न जानकारी मुलक बोर्ड राख्ने काम पनि प्रहरीले गरिरहेको छ । सकारात्मक सोचौं, राम्रो र नयां कामको थालनी आफैंबाट सुरु गरौं भन्ने मुल नाराका साथ स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिध, लायन्स क्लब, होटल व्यवसायी, बाणिज्य संघका प्रतिनिधि , ट्राफिक प्रहरी लगायतसंग समन्वय र सहकार्य गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको प्रहरी नायब निरिक्षक कार्की बताउंछन् ।
को हुन् प्रहरी नायब निरीक्षक जीवन कार्की
लामो समयदेखि प्रहरीमा आबद्ध प्रनानि कार्कीले छोटो समयमा भेडेटारको कमाण्ड समालेसंगै उल्लेखनीय काम गरेका छन् । भेडेटारमा कार्यरत प्रहरी नायव निरीक्षक कार्की माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
२०८० साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी वेष्ट पुलिस अफ द मन्थ घोषित गरी कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै विभिन्न
जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले कोशी प्रदेश प्रहरी कार्यालयले कार्की र प्रधानलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत भएका कार्कीले केहि दिन अघि मात्र इन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ठुलो परिणामको ६०० केजी गाँजा सहित ओसार पसारमा संलग्न चार जनालाई पक्राउ गरेका थिए । त्यस्तै कार्कीले लागु औषध ओसार पसारमा संमलग्न मोटरसाईकल, अटो , मानिस पक्राउ गरेका थिए ।
उनले ठुलो परिणामको लागु औषध सहित मानिस र सवारी पक्राउ गरेका हुन् । साथै उनले फरार अपराधि पनि पक्राउ गरेका थिए । झापा बस्दा पनि प्रहरी नायब निरीक्षक कार्कीले चन्द्रगढी बिमान स्थल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा राम्रो कार्य सम्पादन गरेर गएका थिए । अपराध अनुसन्धानमा राम्रो दख्खल र अनुभव भएका कार्कीले छोटो समयमा गरेको कामको सबैले उच्च प्रशंसा गरेका छन् ।