बिर्तामोड । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र ब्यवसायी प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् । सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने बातावरण सिर्जना गर्न पहल गर्ने उनले बताएका हुन् । 

चुनावी प्रचारका क्रममा उनले अहिले बिर्तामोड बजार ६÷७ बजे नै बन्द हुने अवस्था रहेकाले त्यसको समयावधी बढाउन आवश्यक रहेको बताए । जसले गर्दा व्यवासायीहरुलाई केहि राहत पुग्ने उनको भनाई छ ।  

उनले आफुले जितेको खण्डमा अब्यवस्थित रुपमा रहेको बजार क्षेत्रलाई स्थानीय तहसहित सरोकारबालासँग समन्वय तथा सहकार्य गरी सुरक्षित रुपमा रात्रीकालिन ब्यवसाय गर्ने बातारण बनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै ब्यापारीहरुका थुप्रै गुनासा र समस्या आउने गरेको बताउँदै उनले ब्यापारीका गुनासो र समस्या समाधान गर्न छुट्टै ब्यवस्थापन समिति निर्माण गर्न संघमा पहल गर्ने बताएका छन् । 

त्यस्तै उम्मेद्वार बिशनले ब्यापार तथा ब्यवसायबाट उत्पादित प्लाष्टिक जन्य फोहोर ब्यवस्थापनमा समेत समन्वयकारी  भुमिका खेल्ने बताए । 

ब्यवसायीलाई करको बिषयमा जानकारी दिन अन्तरक्रिया तथा छलफल निरन्तर रुपमा गर्दै र त्यसकालागि आवाज उठाउनेसमेत बताएका छन् ।

१२ बर्षदेखि बिर्तामोडस्थित बस्नेत मार्केटमा मोडन फेशन वेयर कपडा पसल सञ्चालन गर्दै आएका उनी निर्माण ब्यवसायी समेत हुन । 

उनी गजुरमुखी ट्रेड एण्ड सप्लायर्सको सञ्चालक हुन् । नगर खेलकूद विकास समितिको सचिव, पाथिभरा टोल समाजका अध्यक्ष, झापा गोल्डकपका सदस्य लगायतका अन्य बिभिन्न सामाजिक क्षेत्रमा समेत उनी क्रिायशील छन् । बिर्तामोड–१ शान्तिटोल निवासी बिशनले अवका दिनमा हरेक संघ÷संस्थामा युवाहरुको आवश्यकता रहेको बताउँदै उनले स्वतन्त्र ब्यवसायीक प्यानलका सबै उम्मेद्वारलाई जिताउन अपिल समेत गरेका छन् ।