बिर्तामोड  : बिर्तामोडमा ‘यम बराल एकल सांगीतिक साँझ’ हुने भएको छ ।  अर्जुनधारा नगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को आयोजनामा यहि  फागुन ११ गते बिर्तामोड स्थित सिटी सेन्टरमा सांगीतिक साँझ गरिने निश्चय भएको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । 

कला, संगीत तथा सर्जकहरुको जर्गेना साथै मनोरन्जन  प्रदान गर्न उक्त कार्यक्रमको  आयोजना गरिएको प्याब्सनका नगर सचिव राजेश आचार्यले जानकारी दिए ।  

सोही कार्यक्रमकाबिच अर्जुनधारा निवासी  फिफा रेफ्री श्याम दनुवार र गायिका मेनुका पौडेललाई अभिनन्दनसमेत गरिने प्याब्सनका जिल्ला सदस्य सुमन शर्मा जमरकट्टेलले बताए ।   

गायक बरालले शिक्षा र संगित एक अर्काबीच परिपुरक रहेकाले निजी बिद्यालयहरुको संस्था प्याब्सनले सांगीतिक कार्यक्रम गरेर सकारात्मक सन्देश दिन खोजेको बताए । 

गिटारिष्ट विशाल बुढाथोकीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा बरालले १५ देखि २० वटासम्म गीत गाउने बताइएको छ । कार्यक्रम हेर्नकालागि १ हजार रुपैंया शुल्क लाग्ने जनाइएको छ ।  

प्याब्सन अर्जुनधारा नगर अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका नगर उपाध्यक्ष टिआर गौतम, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ, जिल्ला सदस्य दिपेन्द्र सुब्वा, नगर कोषाध्यक्ष राजेन्द्र वाग्लेलगायतको उपस्थिति रहेको थियो ।