झापा  । कोशी प्रदेशका हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्यले बोकेर मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन् । 

‘जीव–जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीको झापाको बाहुनडाँगीबाट उदयपुरको जोगीदहसम्मको पदयात्रा सुरु गरेका छन् । 

मुख्यमन्त्री कार्कीले बुधबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौँडाबाट पदयात्राको शुभारम्भ गरेका हुन् । हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमूलक गीत गाएर अभियान सुरु ग¥यो । 

‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने यो अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘यो पदयात्रा ती समस्या पहिचान गर्ने प्रयास हो ।’ सिङ्गो सरकार हात्ती पीडित जनताको ठाउँमा पुगेर समस्या हेर्न आएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, पीडितहरूको दुःख बुझ्न आएका हौँ ।’  सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनको भनाइ छ । त्यस्तै पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले प्रदेश सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएर अघि बढेको बताए । 

उनले पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, हात्ती विज्ञ, नागरिक समाजको सहभागिता रहने बताए ।  मुख्यमन्त्री कार्कीसहितको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर समापन हुनेछ । झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने कार्यतालिका रहेको जनाइएको छ । पदयात्रा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, फरेष्टर डिल्लीराम खरेल सहित वनका कर्मचारी ,मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगणमाया थापालगायतको सहभागी थिए ।