झापा । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् ।

 थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक चकित बने ।

IMG_7069

सरकारलाई समेत प्लाष्टिक व्यवस्थापनमा समस्या परिरहेको अवस्थामा विद्यार्थीले सहजै प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा कार्यक्रममा सहभागी अधिकांशले सरकारको कमजोरीका कारण क्षमता भएर पनि नेपाली बिद्यार्थी विदेशिनु परेको आरोप समेत लगाए ।


IMG_7082

प्लाष्टिक प्रयोग गर्दै विद्यार्थीले प्रयोगात्मक रुपमा पेट्रोल उत्पादन गरेर देखाउँदा प्लाष्टिकको व्यवस्थापन गर्न सहज रहेको र सरकारले यस खाले प्रविधि भित्र्याएर थोत्रा प्लाष्टिक व्यवस्थापनसँगै पेट्रोल उत्पादन गर्न सकिने बताएका थिए ।

कक्षा ११ र १२मा अध्ययनरत् बिद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका थिए । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ,आर्ट,म्याथ फेस्टिवल कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् । त्यस्तै अन्य बिद्यार्थीले समेत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेष्ट’को उद्घाटन बिर्तामोड नगरपालिकी प्रमुख पवित्रादेवी महतरा प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै गरेकी थिइन् । यस अघि विद्यालयको गेटमा रहेको रिवन मोवाइल एपद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 विहान १० बजेबाट शुरु भएको कार्यक्रम दिनभर सञ्चालनमा थियो । दुई सत्रमा देखाइएको सो प्रर्दशनीमा विद्यार्थी सहित पाँच हजार अभिभावकले अवलोकन गरेको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बतााए । विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरेको थियो ।

प्रर्दशनीमा पाँचसय भन्दा धेरै प्रकारका विद्यार्थीद्वारा निर्मित साधारणदेखि विशिष्ठकृत सामग्री राखिएको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले जानकारी दिए ।

उनका अनुसार विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा १८० वटा स्टलमा भौतिक, रसायन, जीव, कम्प्युटर विज्ञान र रोबोटिक्सका सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो । ती सामाग्रीहरु विद्यार्थीले निर्माण गरेका विद्यालयले जनाएको छ ।

होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न खाद्य परिकारहरुको आठ वटा स्टल रहेको प्रिन्सिपल सिंघलले बताए । प्रदर्शनीस्थलमा रहेको प्लानेटोरियममा अभिभावकहरुको आकर्षण देखिन्थ्यो । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको सिंघलको भनाइ छ । प्रदर्शनीमा विज्ञान प्रविधितर्फ फिजिक्स, क्यामेष्ट्री, वायोलोजी, ब्लड ग्रुप छुट्याउने, मधुमेह जाँच समेत गरिएको थियो ।

 त्यस्तै विद्यार्थीले गणितका विभिन्न प्रकारका ज्यामिती र विभिन्न सूत्रहरुसंग सम्वन्धित सामग्री प्रदर्शनमा राखेका थिए । गणितसंग सम्वन्धित विभिन्न प्रकारका खेलकुदका सामग्री प्रदर्शनमा राखिएको थियो । यसैगरी डिभिजन मेसिन, पाइथागोरस थेउरी, क्यासिनो गेम, प्रोभावलिटी गेम, विजगणितीय सूत्रसंग सम्वन्धित , वर्ग तथा वर्गमूल यत्र, ग्राफ, म्याथमेटिकल सिटी समेत तयाार पारिएको थियो । विद्यार्थीले कम्प्युटर हार्डवेयर, सफ्टवेयरका विषयमा ज्ञान प्रदान गरिने सामग्री प्रर्दशनीमा राखिएको थियो ।

विद्यार्थीले फेस मुड डिटेक्सन, वाल्मीकि एआई वुट सर्च इञ्जिन, जारविस एआई वुट, मोवाइल ट्रयाकर, वार्किङ मोडल अफ इमेल, स्टार एण्ड रिङ टोपोलोजी मोडल, गेस द नम्वर एण्ड क्याल्कुलेटर एप प्रदर्शनीमा राखेका थिए ।

 त्यस्तै कलासंग सम्वन्धी बिद्यार्थीले पेन्सिल आर्ट, पेन आर्ट, लाइभ पेन्टिङ, फेस पेन्टिङ समेत गरेर अभिभावक र सहभागीलाई विद्यार्थीले देखाएका थिए । टेक्नोलोजीतर्फ १६ वटा रोवटिक्ससंग सम्वन्धित आइतट प्रर्दशनमा राखिएको थियो ।

 उनीहरुले ब्लुटुथ कन्ट्रोल रोवर्ट, स्मार्ट होम अटोमेसन, ड्रोन, एलइडी नोटिफिकेशन सिस्टम, टेलिस्कोप, डीसी जेनेरेट, स्मार्ट व्लाइन्ट स्टिक, अल्कोहल डिटेक्सन सिस्टम लगायतका सामग्री प्रर्दशनमा राखेका थिए ।

वाल्मीकिमा अध्ययनरत् बिद्यार्थीले खानाका परिकार बनाएर अभिभावकलाई प्रदान गरेका थिए । ब्याचलर अफ होटल मेनेजम्यान्टका विद्यार्थीले प्रयोगात्मक शिक्षा अन्तरगत १६ परिकारका खाना बनाएर अभिभावक तथा विद्यार्थीलाई वितरण गरेको र उनीहरुले आफ्नो कला कौंसल प्रस्तुत गरेको विद्यालयका शिक्षक भावुक कार्कीले बताए ।

 विद्यालयमा आयोजित कार्यक्रममा दुई सयभन्दा धेरै विद्यार्थीले एकैपटक एउटै स्टेजमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, न्यूटन्स एजुकेशनका प्रिन्सिपल देवेन्द्र हुमागाँई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन जीवन आचार्य र आशिष कार्कीले गरेका थिए ।