बिर्तामोड : वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । बिहीवार राती भएको निर्वाचनमा विकासले ८४ मत ल्याएका थिए । त्यस्तै अर्का अध्यक्षका उम्मेदवार टिकाराम खतिवडाले ४ मत मात्र प्राप्त गरेका थिए । 

यस्तै, कार्यकारी उपाध्यक्षमा एलसी श्रेष्ठ ७२ र अमरजित शाह ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रभात मास्के २७ मतका साथ पराजित भएका छन् । निर्वाचन समितिका अनुसार २ मत बदर भएको थियो ।

जनसम्पर्क अधिकारी राज मुखिया, तालिम संयोजक वाप्पा शाह, प्रकरण निर्देशक दिपेन धिमाल, संयुक्त सचिव प्रज्वल विमली , उपाध्यक्षहरु डिकबहादुर गहतराज ‘अभिषेक’, सुशिल थापा, विज्ञानराज पौडेल र सुवास तिखत्री निर्विरोध भएका थिए ।

माघ ९ र १० गते हुने भनिएको ४३ औं साधारणसभा तथा अधिवेशन १९ जना सदस्य विवादका कारण स्थगित भएको थियो । १९ सदस्यको सदर, मताधिकार लगायतको समस्याले विवाद भएपछि लामो समय नेतृत्व चयन प्रक्रिया रोकिएको थियो । अध्यक्षका मुख्य दावेदार मानिएका युवराज कुँवरलाई सन् २०२५ को अध्यक्ष बनाउने सहमति पछि उनी पछि हटेका थिए । तर, अध्यक्षमा कुँवर बाहेकका उम्मेदवारहरुबीच सहमति नजुटेपछि बस्नेत र खतिवडाको विचमा निर्वाचन गरिएको जनाइएको छ ।