शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा हस्त लेखन एवम् निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सामुदायिक एवम् सस्थागत बिद्यालय अन्तर्गत कक्षा १ देखि ५ सम्मको अन्तर बिद्यालय हस्त लेखनतर्फ एक निजि बिद्यालय र २७ सामुदायिक बिद्यालय सहभागी भएका थिए ।

जसका प्रतियोगितामा जनता माबिकि वृष्टि भट्टराई प्रथम, अर्जुनधारा माबिकि बिपना पौडेल दोस्रो, देवभुमी अग्रेजी बिद्यालयकि कोपिला कटेल तेस्रो र गणेश आधारभूत बिद्यालयकि सलिना मगर सान्त्वनाबाट पुरस्कृत भएका थिए । 

त्यसैगरी कक्षा  ९ देखि १२ का विद्यार्थी अन्तरबिद्यालय निबन्ध लेखन अन्तर्गत सिंहदेबि माबिकि सबिना पोख्रेल प्रथम, शनिश्चरे माबिकि गिता पौडेल दोस्रो, लक्ष्मी माबिकि समिता पोख्रेल तेस्रो र भानु माबिकि दिपा मोक्तानले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । दुबै प्रतियोगिताका बिजेताहरुलाइ क्रमस पाँच हजार, तीन हजार, दुई हजार रुपैयाँ र सान्त्वना पुरस्कार एक हजार रुपैयाँसहित प्रमाणपत्र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले प्रदान गरेका थिए ।  

प्रतियोगिता निर्णायक समितिमा लेखक एवम्  सन्चारकर्मी कुमार भट्टराई, प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमाल, डिन्जनी आचार्य, महेन्द्र माबि शिक्षक सुजाता आचार्य रहेका थिए ।  शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख खडगमाया पराजुली रहेकी थिइन् ।