बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको  विद्यालयले विभिन्न कार्यक्रम गरी १७ औं वार्षिकोत्सव मनाएको हो । 

विद्यालय परिसरमा एक समारोहकाबिच आयोजित कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता तथा प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि कार्कीले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । उनले  स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान बिर्सन नसकिने उल्लेख गरे । 

कार्यक्रममा विद्यालयकी शिक्षक एसिका राई र कर्मचारी पदम तामाङलाई नगदसहित सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा स्टुडेन्ट अफ द इयर कक्षा–७ का लासीम योङ्यालाई ट्रफी प्रदान गरिएको छ । 

WhatsApp Image 2024-02-26 at 05.42.55

कार्यक्रममा विद्यार्थीले बिभिन्न सन्देशमुलक संस्कृति झल्कने नृत्य, गायन , नाटक लगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, विद्यालय अभिभावक संघ अध्यक्ष यामप्रसाद तिम्सिना, सचिव राजेशकुमार आचार्य, दशनामी प्रदेश अध्यक्ष प्रकाश पुरी, समाजसेवी चन्द्रप्रसाद गिरी, अर्जुन गिरी लगायतको आतिथ्य रहेको थियो ।  विद्यालयका शिक्षक बासुदेव बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अध्ययनरत विद्यार्थीहरुले गरेका थिए ।

नर्सरीदेखि कक्षा–८ सम्म पठनपाठन हुने हिमाली एजुकेशन फाउण्डेशनमा हाल चार सय जना विद्यार्थी अध्ययन गरिरहेको प्रिन्सिपल शान्ता गिरीले जानकारी दिइन । 

WhatsApp Image 2024-02-26 at 05.42.55 (1)

उनका अनुसार  विद्यालयमा ३५ जना शिक्षक÷कर्मचारी कार्यरत छन् ।  विद्यालय प्याब्सन अर्जुनधाराले आयोजना गरेको खेलकुद प्रतियोगितामा फुटबलतर्फ दोस्रो र नृत्य तर्फ प्रथम भएको थियो ।