बिर्तामोड– छैटौं संस्करणको झापा गोल्ड कपलाइ अन्तर्राष्ट्रिय झापाली समाजले ७ लाख रुपैयाँ दिएको छ ।  आज बुधबार एक संक्षिप्त कार्यक्रकाबिच समाजले ७ लाख रुपैयाँ बराबरको चेक सहयोग गरेको हो । 

समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्ड कपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गरे पश्चात कार्यक्रममा बोल्दै गोल्डकपका अध्यक्ष बस्नेतले कोरोना संक्रमणदेखि अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य भएको उल्लेख गर्दै यसपटक समाजले गोल्डकपका लागि झन् महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यबाद सहित आभार प्रकट गरे । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको उपस्थित रहेको थियो । गोल्डकपका महासचिव गजेन्द्र पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य केशब भट्टराईले गरेका थिए ।