सन्तोष न्यौपाने÷झापा 

झापाको बिर्तामोडमा आज बाट तेस्रो सडक फुड फेस्टिवल महोत्सव सुरु भएको छ ।  बिर्तामोड –३ स्थित  सैनिकमोडमा आज बिहिबारबाट महोत्सव सुरु भएको हो । 

फेस्टीवलको एक समारोहकाबिच कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती ले  उद्घाटन गरेका छन् ।  होटल व्यवसायी संघको आयोजनामा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म  सडक फुड फेस्टीवल चल्नेछ ।

उनले उद्धघाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन र होटल व्यवसायीलाई जोड्न आवश्यक रहेको बताउंदै यस्ता महोत्सवले आर्थिक र पर्यटनको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखेका थिए । 

उद्धघाटन समारोहमा संघका बरिष्ठ उपाध्यक्ष ख्याम ओलीले स्वागत र संघका महासचिव शिवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए । 

879

संघको अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिर्तामोड नगरपालिका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला ,महिला मुक्ति अभियानको अध्यक्ष राधा सुब्बा, चेम्बर अर्फ कमर्श अध्यक्ष ओमकृष्ण बिमली, होटल व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्ष देबी गौतम, कोशी प्रदेश अध्यक्ष राजन दंगाल, माओवादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा लगायतले शुभकामना मनतब्य राखेका थिए । 

स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको प्रचार प्रसार तथा प्रबद्धनकालागि कार्यक्रमको आयोजना गरिएको होटल व्यवसायी संघको अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन ।

आर्थिक मन्दिरका कारण पछिल्लो समय व्यापार व्यवसायमा देखा परेको संकटबाट  व्यवसायीलाई महोत्सवको माध्यमबाट केहि राहत दिने गरी कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाई छ ।  उनका अनुसार संघले तेस्रोपटक महोत्सव आयोजना गरेको हो । 

मेची आँखा अस्पतालमा आँखाजाँच र उपचारका लागि उत्तरपूर्वी भारतबाट आउनेहरुको सुविधाजनक सहभागिता रहने गरी फेस्टीवल आयोजना गरिएको उनले जानकारी दिइन् । 

फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने संघको महासचिव शिवराज पौडेलले बताए ।  

गोर्खा बु्ररुअरीले फेस्टीवलको मुख्य प्रायोजन गरेको छ ।  फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत गर्ने उद्देश्य पनि राखिएको छ । जावलाखेल गु्रप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।  फेस्टीभलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।