बिर्तामोड । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी झापाले झापा गोल्ड कपमा विद्यार्थीहरुका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट माग गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी झापाका अध्यक्ष बलराम गिरीको नेतृत्वमा आज झापा गोल्डकपको सचिवालय बिर्तामोड पुगेको टोलीले विद्यार्थीलाई प्रवेश शुल्कमा सहुलियत माग गरेको हो । टोलीले झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेललाई माग पत्र बुझाएको हो । 

फागुन १९ गते देखि सुरु हुने छैटौं संस्करणको झापा गोल्डकप खेल हेर्नका  छुट मागिएको जनाइएको छ ।  खेलकुद विभाग प्रमुख सन्दिप श्रेष्ठले विद्यार्थीलाई फुटबल हेर्नका लागि गोल्ड कप आयोजकले माग बमोजिम सहुलियत दिने विश्वास व्यक्त गरेका छन ।