बिर्तामोड उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले व्यवसायीक हितमा काम गर्ने प्रतिवद्धता पुःन दो¥र्याएका छन् । गत फागुन १४ गते सम्पन्न  निर्वाचनमा 

स्वतन्त्र व्यवसायीक प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज बिर्तामोडमा पत्रकार भेटघाट मार्फत व्यवसायीक हितमा काम गर्ने बताएका हुन् । 

स्वतन्त्र व्यवसायीक प्यानलबाट विजयी बनेका बरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु)ले नितान्त व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउँदै उनले यस अघि निर्वाचनको समयमा उठाइएका घोषणापत्र अनुरुप नै काम गर्ने बताएका हुन् । उनले घरबहाल सम्बन्धी समस्या समाधानका लागि पहल शुरु गरेको बताए । 

निर्वाचनताका प्यानलले अघि सारेका २९ बुँदे प्रतिवद्धता प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने निर्वाचित पदाधिकारी तथा सदस्यको  भनाई छ ।

त्यस्तै जनसम्पर्क उपाध्यक्षमा निर्वाचित गोमा भट्टराईले निर्वाचनमा कुनै एक  दलको सहयोग लिएर चुनावमा होमिएको भएपनि निर्वाचन सकिएसंगै राजनीतिक रंगपनि सकिएको बताइन् । 

अब व्यवसायीक हकहित र अधिकारका लागि काम गर्ने बताउँदै भट्टराईले मतदाताको मतको सम्मान गर्दै व्यवसायीका समस्या समाधानमा सदैव तत्पर रहने तत्पर रहने जनाएन् ।

त्यस्तै कोषाध्यक्षमा निर्वाचित युवराज निरौलाले आर्थिक पारदर्शिला र व्यवसायीक हितमा काम गर्ने बताउँदै आर्थिक मन्दीले थलिएको व्यापार व्यवसायलाई माथि उठाउन आफ्नो भूमिका महत्वपूर्ण हुने  प्रतिवद्धता जनाए । उनले आफुले निर्वाचनताका उठाएका मुद्धालाई अघि बढाउने समेत बताए । 

निर्वाचन सम्पन्न गराउन सहयोग गर्नेलाई धन्यवाद दिनका लागि आयोजित पत्रकार भेटघाटमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु केदार खनाल, शत्रुधनप्रसाद गुप्ता र शुष्मा उप्रेतीको उपस्थिति रहेको थियो ।