काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे । उनले कार्यकारी शक्ति हुनेहरुले सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए ।

उनले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर बास्तविकता रहेको दाबी गरे । nepalpress.com