झापा । 

झापाको मेचीनगर नगरपालिका  ६ स्थित बसपार्कबाट लागू औषध खैरो हिरोइन २ ग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय  काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बिर्तामोड–४ का २१ बर्षिय रबिन चौधरीलाई पक्राउ गरेको हो । 

चौधरीलाई  शंका लागेर शरीर तलासी गर्दा जिन्स पेन्टको पछाडि बाँया गोजी भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ ।