झापा : आसन्न महाशिवरात्रीको अवसरमा झापाको भद्रपुर–४, लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तीर्थधाममा मार्कण्डेय महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । 

धाममा अक्षय कोष अभिबृद्धि एवम् राधा–कृष्ण मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको मार्कण्डेय महापुराणको कथावाचन आजदेखि सुरु भएको हो । हिजो शुक्रबार कलश यात्रा तथा महापुराण उद्घाटन भएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले महापुराणको उद्घाटन गरेका थिए ।

झापाको शंकराचार्य पीठ साधुटारधामका व्यासाचार्य पं लक्ष्मीप्रुाद खतिवडा प्रमुख वाचक तथा पं अभिनारायण कट्टेल उपवाचक रहेको महायज्ञ पागुन २६ गते समापन हुने महायक्ष आयोजक समितिका अध्यक्ष कपिलमणि पोखरेलले जानकारी दिए ।

महायज्ञमा प्रत्येक दिन प्रातःकालीन मण्डप पूजन, आरती, पाठ,m विहान ११ देखि दिउँसो ३ बजेसम्म कथावाचन, साँझ दीप प्रज्वलन एवम् ७ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन र संगीतमय भजन–कीर्तन हुने धाम व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।

महायज्ञमा लोकप्रिय भजन गायिका सीताकिशोर ढुंगानाबाट सुमधुर भजनहरु प्रस्तुत भइरहेको पुराण आयोजक समितिका उपाध्यक्ष बमबहादुर कोइरालाले बताए ।

महायज्ञमा दान गर्ने दाताहरुलाई व्यासाचार्य गुरुबाट सम्मान गरिने पनि बताउँदै धामका अध्यष अधिकारीले सबै धर्मप्रेमीहरुलाई कथा श्रवण गरी पुण्यलाध लिन अनुरोध गरेका छन् ।