झापा  : झापाका पुराना शिक्षासेवी गणेशप्रसाद खनालको आत्मवृत्तान्त कृति लोकार्पण गरिएको छ ।  झापाको बिर्तामोड स्थित गोमेन्द्र बहुमुखि विद्याल परिसरमा आज आइतवार एक समारोहकाबिच खनालको पहिलो कृति लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराई , साहित्यकार मोहनप्रसाद भण्डारी, कृतिका सम्पादक बिष्णुकुमार भट्टराई, डा. रुपकप्रसाद खनाल, गोमेन्द्र बहुमुखी महाबिद्यालयकी भाइस प्रिन्सिपल सरु भुर्तेल खनाल, गोमेन्द्र बिर्ता मोडल बिद्यालयका सञ्चालक उत्तम खनाललगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् । 

WhatsApp Image 2024-03-03 at 05.19.58

कार्यक्रममा कृतिको टिप्पणी गर्दै साहित्यकार मोहनप्रसाद भण्डारीले खनालको कृति प्रेरणाको स्रोत भएको बताएका छन् । 

लोकोर्पण समारोहमा भाषा बिद चुढामणि रेग्मी, साहित्यकार कोमलप्रसाद पोखरेल, पत्रकार तथा साहित्यकार केशव आचार्य, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, समाजसेवी राजकुमार पोखरेल, लीला उदासी, मदनगोपाल सुब्वा,  सिरो सान्दाईलगायतको आतिथ्य रहेको थियो ।

गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए । 

कृतिमा शिक्षासेवी खनालले आफुले जीवनमा गरेका र भोगेका कुराहरु प्रस्तुत गरेका छन् । कृतिकी प्रकाशक तथा खनालकी श्रीमती बुध खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।