मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् ।  सातौं कार्यकालको लागि आज नयां समिति गठन गरिएको हो । 

 आज भएको साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यस अघि मञ्चको बरिष्ठ उपाध्यक्ष रहेका थिए । 

त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल) उपाध्यक्षमा  पवन शर्मा , महासचिवमा  जीवन अग्रवाल (बंसल), कोषाध्यक्षमा सेंकि अग्रवाल, सचिवमा धीरज अग्रवाल

सह–सचिवमा रवि शर्मा, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिंदल), जन–संपर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् । त्यस्तै मञ्चको सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल

मनीष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल , पियूष खेतान, आकाश जैन , पंकज गर्ग , मुकेश सिंह चौधरी

आशीष सोनी, आर्यन मित्तल चयन भएका छन् । मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मित्तल,  बिर्तामोड नगरपालिका वार्ड नं ४का  अध्यक्ष राहुलकुमार शर्मा, नेपाल राष्ट्र मारवाडी युवा संगठन क्षेत्र क सभापति दिपक मित्तल,  नेपाल राष्ट्र मारवाडी युवा संगठनका कोषाध्यक्ष  यज्ञराज अग्रवाल, अग्रेसन भवन बिर्तामोडका अध्यक्ष सुरेश कुमार अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा मारवाडी महिला मञ्च बिर्तामोडका अध्यक्ष नीलम अग्रवाल, अग्रेसन भवन बिर्तामोडका पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका सदस्य सुमित शाहीवाला लगायतको आतिथ्यता रहेको थियो । 

मञ्चका बरिष्ठ उपाध्यक्ष ऋषभ मित्तलले स्वागत गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष विशाल गोयलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रगति प्रतिवेदन मञ्चका सचिव जीवन बञ्चलले गरेका थिए । कार्यक्रमका सञ्चालन महासचिव पवन शर्माले गरेका थिए ।   निर्वाचन आयोग पंकज मित्तल र  सहनिर्वाचन आयोग यज्ञराज अग्रवालले उनीहरुले निर्वाचित भएको घोषणा गरेका थिए ।