बिर्तामोड  : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार नढल्ने दावी गरेका छन् । बिर्तामोड ३ स्थित मदरसा तालिमुल कुरान भवन शिलान्यास कार्यक्रममा  मुख्यमन्त्री कार्कीले प्रदेश सरकार कसैले ढाल्न नसक्ने दावी गरेका हुन् । 

संघमा नयां गठबन्धन निमार्ण संगै प्रदेश सरकारहरु धमाधम परिवर्तन भइरहेका बेला उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने,

‘  सन्ठीको घोचाले नरिवल झर्दैन ’ ‘सन्ठीले नरिवल घोचेजस्तो कसैले चाहदैमा सरकार ढल्दैन ।’  तालिमुल कुरान भवनकाअफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मदरसा तालिमुल कुरान आधारभूत बिद्यालयकी प्रिन्सिपल अन्जुम खातुनले गरेकी थिइन । कार्यक्रमको  सञ्चालन तेन्जिमा खातुनले गरेकी थिइन् । 

कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।