बिर्तामोड 

झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ म्यानेजमेन्टले आर्थिक अभावका कारण पढाइबाट बन्चित विद्यार्र्थीलाई छात्रवृत्ति दिने भएको छ ।

आगामी शैक्षिक सत्रबाट आदिवासीतर्फ सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम ल्याउन लागेको स्कुलले जनाएको छ । आर्थिक अभावका कारण पढ्नबाट बन्चित विद्यार्थीलाई लक्षित गरी सो कार्यक्रम ल्याउन लागिएको स्कुलका निर्देशक सन्जोग खरेलले जानकारी दिए । 

उनका अनुसार सो समुदायका विद्यार्थीलाई जेहेन्दार र खेलकुद विधामा छात्रवृत्ति दिइने छ ।

निर्देशक खरेलका अनुसार छात्रवृत्तिमा आदिवासी विद्यार्थीतर्फ दुई जनालाई शतप्रतिशत र अन्य २ जनालाई पचास प्रतिशत छुटमा पढ्ने व्यवस्था मिलाइने छ । 

२०७३ सालमा स्थापित आदर्श स्कुलले कक्षा ११ र १२ मा व्यवस्थापनतर्फ होटेल व्यवस्थापन र बिजनेस स्टडिज विषय अध्यापन गरी जेहेन्दार विद्यार्थी उत्पादन गर्दै आइरहेको छ ।

८० जना विद्यार्थीबाट अध्यापन थालेको स्कुलमा  हाल कक्षा ११ र १२ मा ३ सय ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

होटेल व्यवस्थापनको अत्याधुनिक प्राक्टिकल ल्याबबाट अध्यापन गराउने आदर्शमा अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, विज्ञहरूबाट विशेष सिकाइ तथा छात्रछात्रातर्फ भलिबल, क्रिकेट तथा फुटबल खेलाडीसमेत उत्पादन गर्दै आएको स्कुलका कोडीनेटर दिपक दास बताउंछन् ।