झापाकाे बिर्रतामाेड ४ मा मुख्य कार्यलय रहेकाे  सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक दिने  निःशुल्क स्वास्थ्य शिविर  संचालन गरेको छ ।

मोरङ्ग जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा नं। ८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी श्री सुर्य प्रसाद रिमालज्यूको सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारी स्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको संस्थाले जनाएमो छ । 

 संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच पुर्याउन  शिविर संचालन गरिएको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, ई।सि।जि। सेवा, ल्याब ९प्रयोगशाला० को सुविधा विशेषज्ञ डाक्टरहरुबाट प्रदान गरिएको साथै औषधी समेत निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराई जानकारी दिए ।

शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी जम्मा ४४५ जना स्थानियहरुले प्रत्यक्ष रुपमा सुविधा लिएको र शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको  नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले जानकारी गराए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा संचालित शिविरमा मिक्लाजुङ्ग गाउँपालिका वडा नं। ८ का वडाध्यक्ष पूर्ण बहादुर कुँवरले प्रमुख  आतिथ्यतारहेको थियो । 

 प्रमुख अतिथि कुँवरले स्थानिय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पुर्याएको सहयोगलाई धन्यवाद ज्ञापन गर्दै समुदाय प्रेरित कार्यहरुका लागि स्थानिय सरकार सदैव साथमा रहेको अवगत गराएका थिए ।

 संस्थाका सचिव इन्द्र बहादुर कार्कीले स्वागत   गरेको कार्यक्रमको  संन्चालन संस्थाका विभागिय प्रमुख प्रेम बस्नेतले  गरेका थिए ।