नेपाल अलैंची व्यवसायी महासंघले होली मिलन कार्यक्रम गरेको छ । महासंघले आज बिर्तामोडमा होली मिलन तथा बिर्तामोड उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको हो । 

महासंघको संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत संस्थाको बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द बिन्दलले गरेका थिए । 

pic 2 alchi

महासंघका अध्यक्ष निर्मल भट्टराईले होली सभ्य, भब्य र मर्यादित बतावरणमा मनाउन सबैलाई आग्रह गर्दै नव निर्वाचित वाणिज्य संघका पदाधिकारीलाई व्यवसायीको हक हितमा काम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् । 

महासंघका महासचिव नारयण चिमरीयाले सञ्चालन गरेको कार्यक्रममा महासंघको केन्द्रिय सदस्य तथा वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित राजकुमार घिमिरे(राजु) , चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मनतब्य राखेका थिए ।

त्यस्तै संघको निर्वाचित अध्यक्ष राजु न्यौपानेले निर्वाचनताका गरिएको प्रतिबद्धता पुरा गर्ने बताए । उनले आफु नेतृत्वको टिमले व्यवसायीको हक हितमा काम गर्ने बताउंदै उनले आफुहरुले कार्यकाल भरी गरिएको कामको मुल्याङ्कन गरेर मात्र सम्मान गर्न सबैलाई आग्रह गरे । उनले अहिले आफुहरुको सम्मान थाप्ने भन्दा पनि काम गर्ने समय भएको बताए । साथै महासंघले सामुहिक होली मिलन पनि गरेको छ । 

कार्यक्रममा रंग अबिर साटा साट तथा एकअर्कासँग भेटघाटसहित होली मिलन कार्यक्रम सम्पन्न गरेको हो ।