शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको  शुक्रबार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी भएको छ ।  हाम्रो भेट्रान क्लब धरानलाई १–० गोल अन्तरले हराउँदै दमक लखनपुर भेट्रान क्लब विजयी भएको हो ।  

खेलको पहिलो हाफको १४ मिनेटमा दमकका तर्फबाट जर्सी नं. १० का सुबास आङाथापोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयमा हाम्रो भेट्रान क्लब धरानले कुनै गोल लगाउन नसकेपछि दमकले लगाएको  गोल नै निर्णयक गोल बनेको थियो । खेलको म्यान अफ दी म्याच दमकका गोल किप्पर शिवजी बस्नेत घोषित भए ।  उनले नगद २ हजार प्राप्त गरे । 

प्रतियोगिता  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।  प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको  छ।   

 प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  

भोली शनिबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल १२ बजेबाट विर्तामोड भेट्रान क्लब र सी.वि.सी भेट्रान क्लब चन्द्रगढी बीच हुनेछ भने, दोस्रो खेल २ बजेबाट  आयोजक निलो र पुर्वेली भेट्रान क्लब विर्तामोड बीच हुने छ।