शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको  शनिबार दुई खेल भएमा छन् ।

पहिलो खेलमा विर्तामोड भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै र सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ ।  विर्तामोडलाई ४–१ गोल अन्तरले हराउँदै सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको आयोजकले जनाएको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । 

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक (निलो)लाई फराकिलो गोलअन्तरले हराउँदै पुर्वेली भेट्रान क्बल विर्तामोड विजयी भएको छ । आयोजकलाई ५–० गोल अन्तरले हराउँदै पुर्वेली विजयी भएको हो । 

खेलको २० औं र २४ औं मिनेटमा पुर्वेलीका जर्सी नंं  ८ का खेलाडी विकर्ण श्रेष्ठले गोल गर्न सफल भएका थिए । त्यस्तै जर्सी नं. ९ का विशाल राईले खेलको २४ आंै र ३५ औं मिनेटमा गोल गरे । त्यसैगरी इन्जुरी समयमा जर्सी नं. ७ का सन्तोष राईले गोल थप्दै खेललाई फराकिलो गोल अन्तर बनाए । 

पहिलो खेलको म्यान अफ दी म्याच सी.वि.सी भेट्रान क्लब चन्द्रगढीका गोल किप्पर र दोस्रो खेलका म्यान अफदी म्याच पुर्वेलीका जर्सी नं. ८ का विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले जनही २ हजार प्राप्त गरे । 

प्रतियोगिता  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।  प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको  छ।   

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  

भोली आइतबार सी.वि.सी भेट्रान क्लब चन्द्रगढी र धुलाबारी भेट्रान क्लब बीच खेल हुने छ ।