शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको  आइतबार भएको खेलमा सिविसी भेट्रान क्लब सेमी फाइलनमा प्रवेश गरेको छ । धुलाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा ४– २ गोल अन्तरले हराउँदै सिविसी भेट्रान क्लब चन्द्रगढी सेमी फाइनलमा प्रवेश गरेको हो । 

खेलमा धुलाबारीको तर्फबाट १८ औं मिनेटमा जर्सी नं. ९ का महेस सरकार र जर्सी नं. ११ का सुजन साक्यले एक एक गोल गरेका थिए । खेलको २३ औं मिनेटमा सिविसीका तर्फबाट जर्सी नं. १६ का सुवास खड्काले गोल गरेपछि खेल २–१को अन्तरमा रहयो । खेलको इन्जुरी समयमा सिविसीका जर्सी नं. १७ का प्रेमकुमार लिम्बु (बी)ले गोल गरेपछि खेल ट्राइबेकरमा धकेल्लिएको हो । 

खेलमा सिवीसीले पाएको पेनेल्टी सुट गोल पोष्ट भन्दा बाहिर गएको थियो । अत्यन्त रोमाच्चक रहेको खेलमा सिबसीले धेरै अवसरहरु गुमाए पनि ट्राइबेकरमा सफलता हात पारेको थियो । 

 खेलको म्यान अफदी म्याच सिबीसीका गोल रक्षक रुपक गुरुङ्ग घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । 

त्यस्तै खेलको मध्यान्तरमा आजका प्रमुख अतिथि राष्ट्रिय टिमका सह प्रशिक्षक प्रवेश कट्वालाई आयोजकले नगदसहित सम्मान गरेको थियो । स्व. नविनराईका पिता लगायत आयोजक टिमले प्रशिक्षक कट्वालाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरेको थियो । 

प्रतियोगिता  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।  प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको  छ।   

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  

भोली सोमबारको खेल पुर्वेली भेट्रान क्लब विर्तामोड र एभरेष्ट भेट्रान क्लब मोरङ्ग बीच हुनेछ ।