शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आफ्नो जन्म दिन एक प्राथमिक विद्यालयमा मनाएका छन् ।

उनले आफ्नो जन्म दिनमा शिवसताक्षी ४ को विश्वडुब्बामा रहेको कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका हुन् । 

जन्म दिनको अवसरमा शिवसताक्षीका दक्षिणी क्षेत्रमा आदिबासी समुदायका छोरा छोरीहरु अध्ययन गर्ने विद्यालयका ६० जना विद्यार्थीहरुलाई कपि, पेन्सील, इरेजर लगायतका सामाग्री वितरण गरेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनले विपन्न समुदायका छात्र छात्राहरुलाई अध्ययन सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको बताए । उनले भने, विद्यार्थीहरु शिक्षित र नैतिवान बन्न आवश्यक छ । तर आर्थिक अवस्थाका कारण नै अध्ययन गर्न कठिनाई चै हुनु हुँदैन । 

विद्यालयका प्र.अ.सोमनाथ गुरागाइँले वडाध्यक्ष प्रसाईले गरेको कामको प्रशंसा गरेका छन् । वडाध्यक्ष ज्यूले गरेको कामको अब सबैले अनुसरण गरे विपन्न परिवारका छोरा छोरीहरुलाई अध्ययन गर्न सहज हुने उनको भनाई थियो ।