शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको  मंगलबार भएको खेलमा आयोजक झिलझिले भेट्रान क्लब (रातो) फाइलनमा प्रवेश गरेको छ  । सिवीसी भेट्रान क्लब चन्द्रगढीलाई ३– १ गोल अन्तरले हराउँदै आयोजक फाइलनमा  प्रवेश गरेको हो । 

खेलको पहिलो हाफको २१ औं मिनेटमा आयोजक तर्फबाट जर्सी नं. १५ भिष्म खरेल (विनोद)ले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको १ मिनेट नविदै सिवीसीका  जर्सी  नंं १३ का खेलाडी कर्ण लिम्बुले एक गोल गर्न सफल भए । दोस्रो हाफको ३ मिनेटमा आयोजकका जर्सी नं. ८ सन्तोष थोप्राले एक र लगातर आयोजकका जर्सी नं. ३ का खेलाडी सन्तोष नेम्वाङ्गले एक गोल गरेपछि ३ – १ को अन्तर हुन पुग्यो । खेलको म्यान अफ दी म्याच आयोजकका अंकुर खड्की घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । 

प्रतियोगिता  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।  

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  भोली बुधबार दोस्रो सेमी फाइनल खेल दमक लखनपुर र पुर्वेली भेट्रान क्लब विर्तामोड बीच हुने आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ ।