बिर्तामोड : भारतको सिलिगुढीमा सञ्चालित दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलबारीले नेपाली विद्यार्थीलाई अध्ययनका लागि भर्ना शुरु गर्ने जनाएको छ । 

आगामी शैक्षिक सत्रदेखि नेपाली विद्यार्थीलाई भर्ना शुरु गर्ने बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा स्कुलले जनाएको हो । 

 अन्तर्राष्ट्रियस्तरको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा आएको स्कूलले नेपाली विद्यार्थीलाई छात्रवृत्तिसहित भर्ना गर्ने जनाएको छ ।

स्कूलमा दार्जीलिङ, सिक्किम, बङ्गलादेश, भुटान, नेपाली विद्यार्थी अध्ययन गरिरहेको स्कूलका टिचिङ फ्याकल्टीका धृतिमान विश्वासले जानकारी दिए । स्कूलमा पढाइसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइएको उनले बताए ।

अध्ययन मात्र नभएर विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखेर अध्यापन हुँदै आएको उनको भनाइ छ । धेरै विद्यार्थी नेपालबाट भारतका विभिन्न स्थानमा अध्ययनका लागि जाने गरेको बताउँदै एड्मिनिष्ट्रेशन काउन्सिलर निर्णय बाग्चीले बताए । 

प्रि–नर्सरीदेखि कक्षा–१२ सम्म स्कूलमा आवासीय सुविधासहित पढाइने उनको भनाइ छ । 

विद्या भारती फाउण्डेशन अन्तर्गत रहेका तीन वटा स्कूलमध्ये डीपीएस फूलबारी पनि एक भएको टिचिङ फ्याकल्टीका सुवास क्षेत्रीले बताए ।

स्व. सुरेन्द्र अग्रवालको भिजनलाई अघि बढाउँदै उनका छोरा शरद अग्रवालले सन् २०१८ मा स्कूल स्थापना गरेका हुन् ।