शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको  उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै  हराउँदै पुर्वेलीले उपाधि उचालेको हो । 

उपाधि उचालेसँगै पुर्वेलीले नगद ७१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको आयोजक झिलझिले भेट्रा क्लबले नगद ४१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो, भेट्रान कपका अध्यक्ष दिलबहादुर राई लगायतले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । 

खेलको म्यान अफ दी म्याच र उत्कृष्ट फरवार्ड पुर्वेलीका खेलाडी विशाल राई घोषित घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिप्पर पुर्वेलीका किरन बरुवा, उत्कृष्ट डिफेन्डर आयोजकका सन्तोष बस्नेत, उत्कृष्ट मिटफिल्डर र सर्वोकृष्ट खेलाडी आयोजकका अंकुर खड्की, सर्वाधिक गोलकर्ता पुर्र्वेलीका विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले नगद सहित ट्रफी प्राप्त गरे । 

आयोजक झिलझिले भेट्रान क्लबले प्रतियोगिताको समापनमा खेल सम्पन्न गर्न सहयोग गर्ने खेल प्रेमी दाताहरुलाई सम्मान गरेको थियो । 

त्यस्तै आजै भएको पत्रकार र शिक्षक बीच भएको मैत्री पूर्ण खेलमा पत्रकारको टोली विजयी भएको  छ  ट्राइबेकरमा शिक्षकलाई ४– ३ गोल अन्तरले हराउँदै पत्रकार विजयी भएको हो ।

 प्रतियोगिता  झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा चत्रै १५ गतेबाट सञ्चालन भएको थियो ।  प्रतियोगितामा प्रदेश नं. १ का १० टिमले सहभागिता जनाएका थिए  ।