बतास एमएडब्लु कमरर्सियल  भेईकल प्रालिले  (आइसर) काे छ वटा बस दीप यातायात प्रालि झापालाई बिक्रि गरेकाे छ ।
नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कमरर्सियल भेइकलले झापाको बिर्तामोड–२  स्थित चारपानेमा रहेको शाखाबाट दीप यातायातलाई बसको बिक्रि गरेकाे हाे ।

आइतवार (आज) एक समारोहका बिच दीप यातायात प्रालिलाई कम्पनिले चावी प्रदान गरेको छ ।

बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतासले दीप प्रालिका अध्यक्ष कपिलकुुमार थापा र प्रवन्ध निर्देशक बसन्तकुुमार तिवारीलाई बसको चावी हस्तान्तरण गरेका हुन् ।

पूूर्व कोशी प्रदेश सांसद तथा  बस ब्यवसायी श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्य तथा प्रालिका निर्देशक  बतासको अध्यक्षतामा भएको कार्यक्रममा आइसरका बारेमा जानकारी दिदैै कम्पनीका सेल्स हेड रघुुनाथ पौडेलले स्वागत गरेको थिए ।

नयाँ प्रबिधिसहितकाे  अत्याधुुनिक प्रबिधियुुक्त गाडीहरु भित्र्याएर सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार सुुरक्षित, आरामदायी सवारी साधान भएका कारण उक्त कम्पनीको गाडी ब्यवसायीको रोजाईमा परेको छ ।

कार्यक्रमको सञ्चालन बिएमसीभीका ब्रान्च मेनेजर अनिल पौडेलले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय यातायात महासंघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजाल, दीप यातायातका प्रवन्ध निर्देशक बसन्त तिवारी, बस ब्यवसायी हेमराज दाहाल, सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन काेईराला लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।