बिर्तामोड

झापाको बुद्वशान्तिमा तेस्रो आदर्श च्यालेनज कप २०८१  फुटबल प्रतियोगिता हुने भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा आगामि  बैशाख १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता हुने आयोजकले 

आज सोमबार आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने जनाइएको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने  क्लबका निवर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिए ।

त्यस्तै  प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

प्रतियोगितालाई भव्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह ९देव० ले जानकारी दिए ।

पत्रकार भेटघाटमा बुद्धशान्ति गाउँपालिका ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ ,झापा जिल्ला फुटबल  संघका अध्यक्ष भगिरथ अाले मामा,  आदर्श माविको विद्यालय व्वस्थापन समिति अध्यक्ष मनोरथ तिवारी, बुद्धशान्ति २ का वडा सदस्य अमिर श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।