मेचिनगर १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयको पुर्व विद्यार्थी समाजले नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

20240413_122230

आज विद्यालय प्राङगणमा शुभकामना आदान प्रदान तथा विद्यालयको भौतिक स्तर उन्नतीकालागि   सहयोग गरेकाहरू मध्येबाट गोलाप्रथाबाट उपहार समेत वितरण गरिएको छ ।

सहयोगकालागी प्रति ब्यक्ति , संघ संस्था १ हजार संकलन गरिएको थियो । 

पुर्व विद्यार्थी समाजका अध्यक्ष मिलन शिवाकोटीका अनुसार पुरानो र जिर्ण बनेको विद्यालयको स्तर उन्नतीकालागि १ हजार रूपैंया सहयोग संकलन गिरएको थियो । तीनै सहयोग गर्नेहरूलाई आज गोला प्रथाबाट उपहार वितरण गरिएको हो । 

LX1A9957

मेचिनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष मिलन शिवाकोटीको अध्यक्षतामा कार्यक्रममा स्वागत विद्यालयका प्रधानध्यापक सिताराम थापाले गरेका थए । 

LX1A9963

समाजको कोषाध्यक्ष निता बजगांईले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सुब्बा, विद्यालयका पुर्व प्रधानध्यापक हरिप्रसाद घिमिरे, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गाना,  चन्द्रगढी सामुदायिक वनका अध्यक्ष तथा समाजसेवी दुर्गाप्रसाद भट्टराई लगायतले मनतब्य राखेका थिए । 

कार्यक्रममा भद्रपुर ९ का बिबेक गौतमले २ लाख ३६ हजारको टिभिएस कम्पनिको १२५ सिसिको स्कुटर जितेका छन् । 

त्यस्तै चितवनका जगदिस आचार्यले ५५ हजार मुल्यको ल्याटप जितेका छन् ।

त्यस्तै १ थान ३९ हजारको  बासिङ मेशिन , गियर वाला साइकल प्रति गोटा २२ हजार पर्ने २ वटा र स्टेण्ड फेन ३२ सय मूल्य बराबर पर्ने ११ वटा वितरण गरिएको छ । सामान खरिद गरेर बाँकी बचत रकम विद्यालयको स्तर उन्नतीमा खर्च गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।