झापाको बिर्तामोडमा एक महिला मृत अवस्थामा  फेला परेकी छन् । 

बिर्तामोड ४  स्थित अदुवा खोला पुल  नजिकै एक महिलाको  मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यलय अनारमनीले जनाएको छ । 

मृत भेटिएकि महिला अदुवा पुल नजिकै तत्कालीन अवस्थामा रहेको वाणिज्य बैंक बसेको  घरमा बस्दै आएको जनाईएको छ ।  

इप्रका अनारमनीका डिएसपी प्रकाश बिष्टका अनुसार  मृत भेटिएकी महिला मेचिनगर १ घर भई हाल बिर्तामोडमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया सुनिता मड्डी हुन् ।

उनि माग्ने र  कवाडी संकलनको काम गर्ने गर्थिन् । प्रयोग बिहिन बैंक रहेको भवनको भुंई  तलामा बस्ने  मृत मड्डी अत्याधिक मादक पदार्थ सेवन गर्ने गर्थिन ।

मृत मड्डीका श्रीमान देवराज राजवंशी पनि उनी संगै बस्दै आएका थिए । घटनाको बिषयमा अनुसन्धान भईरहेको र मृतकको श्रीमानलाई नियन्त्रणामा लिईएको डिएसपी िबष्टले जानकारी दीए । 

मृत महिलाको ५ र १० बर्षिय दुई छोरी रहेका छन् । मृत महिलाको गाला र टाउकोमा सामान्य चोट रहेको जनाईएको छ । 

हिजो शनिवार रातको ९ बजेको समयमा महिला मृत भेटिएको खबर प्रहरीलाई प्राप्त भएको र घटना स्थल सुरक्षित गरि अहिले  शब पोस्टमार्टमका लागि धरान  स्थित वि।पी कोइराला श्वास्थ विज्ञान प्रतिष्ठान लगिएको  र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।