झापा,  गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेशको उपाध्यक्षमा विनोद वस्नेत चयन भएका छन् ।

झापा गोल्डकपका अध्यक्ष समेत रहेका बस्नेत फाउण्डेशनको उपाध्यक्षमा चयन भएका हुन् । विभिन्न सामाजिक संघ संस्थामा रहेर उत्कृष्ट कार्य गर्दै आएका बिर्तामोड निवासी बस्नेत सहित फाउण्डेशनको सदस्यमा झापाकै ज्ञानु थापा चयन भएका छन् ।

यता सल्लाहकार समितिमा समेत दुई जना झापालीलाई मनोनयन गरिएको छ । फाउण्डेशनको सल्लाहकार समितिमाा छविलाल खतिवडा र कुमारमणि पोखरेल मनोनित भएका हुन् ।

फाउण्डेशनको अध्यक्षमा भने श्याम प्रसाद पौडेल मोरङ,उपाध्यक्षमा झापाका वस्नेत सहित नगेन्द्र दाहाल मोरङ र महिला उपाध्यक्षमा सरिता राई उदयपुर, रहेका छन् । सुनसरीका शम्भू विश्वास सचिव र मोरङ निवासी सोमनाथ तिम्सिना महासचिवमा चयन भएका छन् ।

फाउण्डेशनको सदस्यहरुमा विष्णु बराल सुनसरी, होमवहादुर कार्की तेह्रथुम, निरकुमार शर्मा सोलुखुम्बू ,अविनाश भट्टराई पाँचथर,  मगल लिमङ्ग ताप्लेजुङ,  यमन राई भोजपुर , ज्ञानु थापा झापा, सुमना तिम्सिना धनकुटा, भोजकुमार अधिकारी सोलुखुम्बू,  गजेन्द्र भगत ९उदयपुर०,राम ह्दय राय राज सुनसरी र कृष्णराज शाक्य संखुवासभा रहेका छन् ।

यता फाउण्डेशनको पाँच सदस्यीय सल्लाहकार समितिमा छविलाल खतिवडा झापा, फुल कुमार लालवानी मोरङ, विनोद नेपाल सुनसरी,कुमारमणि पोखरेल झापा र बिरेन्द्र शाह सुनसरी रहेका छन् ।