झापा 

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । 

स्वतन्त्र उम्मेदवार रहेका गिरीले पुराना दल एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भारी मतले बिजय हासील गरेका हुन् । 

 हिजो बैशाख ६ गते भएको निर्वाचनमा स्वतन्त्र प्यानलबाट गिरी ४३१ म्त प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सिता अधिकारीले १९२ मत प्राप्त गरेका थिए । 

पुराना दुई दललाई पछि पार्दै स्वतन्त्रबाट उठेका गिरीले सानदार जित हासील गरेसंगै  पुराना दलहरु प्रति मतदातामा बृतिष्णा पैदा भएको प्रष्ट झल्किएको छ । 

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका दिपक ओली पनि सचिव पदमा शानदार बिजयी भएका छन् । उनले पनि २९८ मत पार्दै कांग्रेस र एमालेका उम्मेदवारलाई हराएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसका यसकुमार अधिकारीले २२१ म्त र एमालेका दिपक बोहोराले २१५ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपाध्यक्षमा भने एमालेका रेनुका खवास बिजयी भइन् । स्वतन्त्रका चन्द्रा बुढाथोकीले २२७ मत प्राप्त गर्दा कांग्रेसका तारा कोइरालाले २२१ म्त प्राप्त गरेका थिए । 

कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापाले दलहरुप्रति जनतामा छाएको निराशाको कारण स्वतन्त्रको बिजयी भएको बताएका छन् । 

उनले अब अध्यक्ष र सचिवको जित संगै सामुदायिक बनको बिकास र समृद्धिका लागि बाटो खुलेको संयोजक थापाले प्रतिक्रिया दिएका छन् । 

कन्काईमा यस अघि पनि सुरुङ्गा खानेपानी, प्रजापति सामुदायिक वन तथा कन्काई धाम कोटिहोममा पनि एमाले र कांग्रेसलाई पछि पार्दै स्वतन्त्रले बिजयी हासील गरिसकेको छ ।