झापा 

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । 

स्वतन्त्र उम्मेदवार गिरीले पुराना दल एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भारी मतले बिजय हासील गरेका हुन् । 

  बैशाख ६ गते भएको निर्वाचनमा स्वतन्त्र प्यानलबाट उम्मेदवार बनेका  गिरीले ४३१ मत प्राप्त गरेर बिजयी हासील गरेका  हुन् । 

उनका प्रतिद्धन्दी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सिता अधिकारीले १९२ मत प्राप्त गरेका थिए । 

पुराना राजनीतिक दलहरुप्रति जनतामा क्रमश  बृतिष्णा जाग्दै आउंदा स्वतन्त्रहरु अहिले  प्रत्येक स्थानमा निर्वाचित हुंदै गएको कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापा बताउंछन् । 

उनले जामुनवारी वनको निर्वाचनलाई त्यसैको संज्ञा दिंदै दलहरुले जनतामाथि राजनीति मात्रै गरेको र जनताको काम नगरेको बताए । 

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका दिपक ओली पनि सचिव पदमा  बिजयी भएका छन् । उनले पनि २९८ मत पार्दै कांग्रेस र एमालेका उम्मेदवारलाई हराएका हुन् । उनका प्रतिस्प्रधी  कांग्रेसका यसकुमार अधिकारीले २२१ मत र एमालेका दिपक बोहोराले २१५ मत प्राप्त गरेका थिए । 

दलहरुप्रति जनतामा छाएको निराशाको उपजका कारण स्वतन्त्रहरुलाई  पछिल्लो समय रुचाइएको बिजयी अध्यक्ष गिरी तथा सचिव ओलीले प्रतिक्रिया दिएका छन् । उनहरुले जितसंगै आफुहरुको जिम्मेवारी पनि थपिएको बताउंदै अब निर्वाचनताका घोषणा गरिएका काम गर्ने बताए ।   

कन्काईमा खानेपानी, प्रजापती सामुदायिक वन तथा कोटिहोम धार्मीक संस्था लगायतमा यस पटक दलहरुलाई पराजित गर्दै स्वत्नत्रले बिजयी हासील गरेका छन् । आजै बिजयी उम्मेदवारहरु ¥याली सहित धन्यवाद ज्ञापनकालागि उपभोक्ता मतदाताका घर गाउंमा पुगेका थिए ।