चारपाने । 

नेपालकै १ नम्बरमा रहेको झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार साकोसले चैत मसान्तसम्मको जारी गरेको बित्तिय विवरणमा   सहाराको बाह्रय ऋण शुन्य प्रतिशतमा झरेको उल्लेख छ । 

त्यस्तै  साकोसले चैत मसान्तसम्मको जारी गरेको बित्तिय विवरण अनुसार सहाराको  कुल सम्पत्ती १६ अर्ब २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ पुगेको छ ।   

संस्थाले जारी गरेको बित्तिय विवरण अनुसार शेयरपुँजी १ अर्व ६८ करोड १२ लाख ३३ हजार ५००, जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४३०,  कूल बचत १२ अर्व ३० करोड ४५ लाख ५७ हजार ५, लगानीमा रहेको ऋण १० अर्व ९० करोड ८० लाख २१ हजार ६७१, कूल संस्थागत पूँजी १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६,  तरलता रकम ४ अर्व १ करोड ४५ लाख ९५ हजार ६२३ रुपैयाँ पुगेको छ ।  

१ लाख ७० हजार २९० कुल सदस्य संख्या रहेको संस्थाको चैत मसान्तसम्मको कूल ऋणी सदस्य ६९ हजार ६७३ जना रहेका छन ।  संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित प्रकाशित बित्तिय बिवरण अनुसार संस्थागत पुँजिको प्रतिशत ७.८६ प्रतिशत र तरलता प्रतिशत ३२.६३ प्रतिशत रहेको छ ।