इलाका प्रहरी कार्यालय धुलाबारीले भन्सार छलीका कपडा, जुत्ता, चप्पल तथा पेय पदार्थ लगायतका सामान बरामद गरेको छ । 

हिजो शनिबार सांझ ७ बजेतीर ईप्रका धुलाबारीका प्रमुख प्रहरी निरिक्षक रोहित कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले चारआलीबाट भन्सार छलिका सामान बरामद गरेको हो । 

सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारत बाट अबैध  रुपमा भन्सार छलि लुकाई छुपाई ल्याउंदै गरेको मोजा, जुत्ता  , चप्पल, पेय पदार्थ लगायतका करीब २ लाख १५ हजार मुल्य बराबरको सामान बरामद गरी मेची भन्सार दाखिला गरेको इप्रका धुलाबारीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय धुलाबारीले भन्सार छलीका सामान बरामद गरेको छ । मेचिनगर नगरपालिका वडा नम्बर–१० धुलावारी चौकबाट  ७ गते सांझ बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भन्सार छलि लुकाई छुपाई ल्यादै गरेको बिभिन्न ब्राण्डका जुस, काजु लगायत करीब ६४ हजार ४ सय १२ रुपैंयाका सामान बरामद गरी मेची भन्सार दाखिला गरेको इप्रका धुलाबारीले जनाएको छ ।