झापा :  जिल्लाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आज दिउँसो झापा गाउँपालिका–१ सितुमारीस्थित कार्कीचोकबाट इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघन्डुब्बाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै

गरेका भारत किसनगञ्ज सिंहिमारी ग्रामपञ्चायत–८ का ५५ वर्षीय अजुमुदिन आलम र कदुभिट्टा ग्रामपञ्चायत–२ का २६ वर्षीय मुस्ताहक आलमलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर करिब ९१ ग्राम ३८० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।