झापा : कृषि ज्ञानकेन्द्र झापाले समृद्धि दिदिभाई कृषि फर्मलाई   ढुवानीको साधन प्रदान गरेको छ ।  ज्ञानकेन्द्रले आज शुक्रबार एक समारोहका बीच झापा गाउंपालिका ६ स्थित किंरातचोकमा  उक्त सवारी साधन  हस्तानतरण गरेको हो । 

व्यवसायीक केरा खेतीकालागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञानकेन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए । उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उनले बताए । 

 ढुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको  ५०÷५० प्रतिशत लगानी छ । दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरि कुल १६ लाखमा खरिद गरिएको सानो गाडि हस्तानतरण गरिएको हो । 

झापा गाउंपालिकाको कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलीयाको प्रमुख आतिथ्यता तथा समृद्धि दिदिभाई कृषि फर्मको अध्यक्ष पुजा खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा गाउंपालिका वडा नम्बर ६ का वडाध्यक्ष नबिन किशोर थापाले गरेका थिए । 

सवारी हस्तानतरण कार्यक्रममा ज्ञान केन्द्रका सुचना अधिकारी चेतराज भण्डारी, अचार उद्यमी दिनानाथ शिवाकोटी लगायतले मनतब्य राखेका थिए । सो फर्मले झापा गाउंपालिकाको ६ र ७ नम्बर वडामा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।  

कार्यक्रममा पालिका कार्यबाहक अध्यक्ष थपलीयाले पनि  दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु पालिकाले  निर्माण गरिेको दाबी गरिन् । 

कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा उपलब्धता नुहंदा समस्या भइरहेको बताउंदै यस्ता किसीमका सहयोगले कृषकलाई राहत मिल्ने फर्मका सदस्य तथा त्यस क्षेत्रका अगुवा कृषक चन्द्र बस्नेतले बताए । अगुवा युवा कृषक चन्द्र बस्नेतको प्रेरणाले अहिले सो क्षेत्रमा सयौं बिघा क्षेत्रफलमा व्यवसायीक केरा खेती हुंदै आएको छ । 

सहयोग हस्तानतरण कार्यक्रममा ज्ञान केन्द्रका सुमिता दाहाल, निर्मल कोइराला, झापा गाउंपालिकाका जयनारायण शाह, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय जगतनाथ  पौडेलले गरेका थिए ।