योङ कम्युनिष्ट लिग (वाइसीएल) को झापा जिल्ला अधिवेशन बिर्तामोडमा हुने भएको छ ।नेकपा माओवादी केन्द्र को भातृ संगठन वाइसिएलको छैठौं अधिवेशन बैशाख २२ गते हुने शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।  

लामो समयदेखि निष्कृय जस्तो अवस्थामा रहेको संगठनलाई चलायमान बनाउन जिल्ला अधिवेशन गर्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्निले जानकारी दिए । 

अधिवेशनले ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने वाईसिएल जिल्ला संयोजक राजु दर्नालको भनाई छ ।  जिल्ला  भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितल कुमार) ले गर्ने बताइएको छ । 

भेलालाई माओवादी केन्द्रका उप–महासचिव अजम्बर राई, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, केन्द्रिय सदस्य रन्जित तामाङ, शुसिला घिमिरे लगायतले जिल्ला  सम्बोधन गर्ने जनाइएको छ ।