बिर्तामोड  : मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा हुने भएको छ ।  यहि वैशाख २३ गते क्षेत्रीय अडिसन हुने आज आयाजित पत्रकार भेटघाटमा  आयोजक संस्था द हिडन ट्रेजरले जनाएको हो ।  

३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन  यस अघि भरतपुर, वीरगन्ज, नेपालगन्ज, पोखरा  र सुर्खेतमा अडिसन सकिएको र इटहरी र भैरहवामा अडिसन बाँकी रहेको आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीले जानकारी दिए ।  

आफ्नो क्षमता प्रस्तुत गर्ने उपयुक्त प्लेटर्फमको रुपमा मिस नेपाल भएको भन्दै युवतीहरुलाई प्रतियोगितामा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले अनुरोध गरीन् । 

प्रतियोगितामा सहभागि हुनकालागि  ५ फिट ३ इन्च उचाई भएको,  १२ कक्षा पास भएको र १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने जनाइएको छ । आवेदन निःशुल्क दिन सकिने आयोजकले जनाएको छ ।  कार्यक्रममा मिस नेपाल अर्थ १०१८ कि प्रिया सिग्देल, बिर्तामोडका लागि प्रतियोगिताका कोअडिनेटर सन्तोष अग्रवाल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।