अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिकाले सडक कालोपत्रे कार्यलाई तिब्रता दिंदै लगेको छ ।  यसै अन्तरर्गत नगरपालिकाले सहिद सुखानी पार्क झिल जाने बाटो कालोपत्रे गरेको हो । 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रत्यक्ष निगरानीमा  उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा शनिवार आज) सडक कालोपत्रे गरेको हो ।  

8e52dc39-dd19-412c-92f5-995643151397

अर्जुनधारा ६ र ११ अन्तरगत ७ सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई बाटो कालोपत्रे गरिएको हो ।  

दधिराम रिमालको घरपूर्व तीनपैनी हुँदै सहिद सुखानी पार्क झिल जाने बाटो कालोपत्रे भएको छ । सडकको गुणस्तर र टिकाउकालागि नगर प्रमुख बलदेव आफैं निमार्ण स्थलमा खटिएका छन् । नगर क्षेत्रको हरेक सडक कालोपत्रे हुंदा नगर प्रमुख गोम्देन आफैं सहभागी हुंदै प्रत्यक्ष उपस्थितिमा काम  गराउने गरेका छन् ।  

नगरपालिकाको गौरवको आयोजना अन्तरगत उक्त बाटो कालोपत्रे गरिएको  नगर प्रमुख बलदेवको भनाई छ ।   उक्त सडक ४० लाख रुपैयाँको लगानीमा कालोपत्रे गरिएको हो ।  यस बर्ष नगरको गौरवको योजना अन्तरगत तीन वटा सडक कालोपत्रे हुने नगरपालिकाले जनाएको छ । 

अर्जुनधारा–३ को फागुनन्दचोकबाट कैदली जाने र वडा नम्बर १० मा सिर्जना चोकबाट सेतीपानी जाने बाटो कालोपत्रे हुने नगर प्रमुख गोम्देनले जानकारी दिएका छन् । 

 नगर प्रमुखले आवश्यकता ठानेको ठाउँमा सडक कालोपत्रे गरिने योजना अनुरुप यस बर्ष तीन स्थानमा सडक कालोपत्रे गरिने उनले बताए । 

नगरभित्र यस चालु आर्थिक बर्षमा संघ, पूर्वाधार, प्रदेश, शहरी बिकास, सडक बिभाग अन्तरगत धेरै सडकहरु कालोपत्रे भइसकेको र केही हुने क्रममा रहेका छन् ।