झापाको बिर्तामोडम स्थित डोमालाल राजवंशी रंगशालामा स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । 

बैशाखको ३१ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा परिवारका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले आज रंगशालामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रातो र हाम्रो इटहरी भेट्रान्स एफसीबिच हुने छ । 

 प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक निलो रहेका छन् ।

संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने बताइएको छ । 

क्लबका उपाध्यक्ष प्रकाश सुवेदीले स्वागत गरेको कार्यक्रमको  सञ्चालन क्लबका सचिव दिवाकर प्रसाईंले गरेका थिए ।