विर्तामोड 

झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले नश्ल सुधार सहितको विउ बोकाहरु कृषकहरुलाइ निशुल्क वितरण गरेको छ ।

नेपाल कै ठुलो र सफल सहारा नेपाल साकोसले आफ्ना कृषक समुहलाइ उन्नत जातको विउ बोकाहरु वितरण गरेको हो । 

निशुल्क बोका उपहार कार्यक्रम अन्र्तगत यो वर्ष पनि ब्राखा वितरण अभियान शुरु गरिएको संस्थाका अध्यक्ष हरि राजबशींले जानकारी दिए । 

आफ्ना शेयर  सदस्यहरुलाइ गाई गोठ ,बाख्रा गोठ,सुंगुर गोठ सुधार लगायतका अभियान मार्फत किसानका आयश्रोतलाइै बढवा दिने तथा परम्परागत पशुपालन व्यवसायमा  परिवर्तन गर्ने लक्ष्यका साथ अभियान सन्चालन गरिरहेको र यो वर्ष पनि इलाम झापा र मोरङ लगायतका ६ जिल्लामा यो कार्यक्रम  सन्चालन भइरहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए । 

sahara boka (1) 1

सहारा नेपालको कृर्षी तथा बातावरण उपसमितिको प्रस्तावमा सहारा नेपालले मोरङको केरावारीमा सन्चालनमा रहेको लगनशिल सहारा कृषक समुह ,झापाको देउराली सहारा कृषक समुह गोलधाप ,सृजनशिल सहारा कृषक समुह बुधवारे तथा इलामको विहीवारे सहारा कृषक समुह दानावारीलाइ छनौट गरि ४ वटा नश्ल सुधार का बोेका वितरण गरिएको समितीका प्रमुख डाक्टर कमलेश्वर भाटले बताए । 

समृह छनौट गरिएपछि सहारा नेपाल सहकारीले बोकाको छनौट गरि कृर्षि फर्महरुको समेत अनुगमन पश्चात  रगेंलीको  कृर्षि बाट पाकिस्तानी तथा अफगानिस्तानी जातका बोकाहरुले खरिद गरि शनिवार कृषक समुहलाइ वितरण गरिएको हो ।

समितिका सयोंजक राजकुमार  ओलीको प्रमुख आथित्यतामा झापाको  गोलधाप र होक्सेको कृषक समुहलाइ बोका वितरण गरिएको छ भने केरावारीको कृषक समुहलाइ  शनिवार नै पशु चिकित्सक सन्जित यादव तथा पशु विमा फोकल प्रर्शन  विनोद दाहाल समेतको  टिमबाट बोका वितरण गरिएको हो ।

त्यस्तै दानाबारीको विहीवारे कृषक समुहलाइ सोमवार बोका वितरण गरिने तयारी गरिएको फोकलप्रसन शकंर रिजालले बताए ।

पछिल्लो समय सहारा नेपालले कृषकहरुलाइ लक्षित गरि विभिन्न समुहहरु बनाउदै निशुल्क रुपमा प्राविधिक सेवा तथा अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो कार्यक्षेत्रमा हाल सम्म ४४ वटा समुह बनाउदै किसानलाइ निशुल्क रुपमा   विउविजन ,नश्ल सुधार सहितका बोका ,तथा किसानका घर घरमा पुगेर पशु सेवा दिइंदै आएको संस्थाले जनाएको छ ।