बिर्तामोड   : झापाको बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलट्यान्सीले  सेवा सुचारु गरेको छ ।  काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कन्सलट्यान्सीले बिर्तामोडमा शाखा विस्तार गरेको हो । शाखा विस्तारसंगै आजबाट सेवा सुरु गरेको हो । 

बिर्तामोडस्थित चम्लगाई कम्पेक्समा सञ्चालनमा आएको उक्त शाखाको एक संक्षिप्त कार्यक्रमकाबिच एमिटी एजुशेन फाउण्शेनकाका प्रिन्सिपल आरएस ढकालले उद्धघाटन गरेका छन् । 

प्रमुख अतिथि ढकालले पछिल्लो समय  धेरै बिद्यार्थीहरु हचुवाको भरमा नबुझी विदेश जाने लहढ चलेको भन्दै  समस्या उत्पन्न हुने गरेको बताए ।

उनले  धेरै कन्सल्ट्यान्सीले पैसा कमाउने नाममा विद्यार्थीलाई झुक्याउने गरेको भन्दै  विद्यार्थीलाई विदेश पठाउनु पूर्व सबै कुराको जानकारी दिनुपर्ने धारणा राखे । 

कन्सलट्यान्सीले युरोप लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई उचित परामर्श सहित सेवा प्रदान गर्ने उद्देश्यले बिर्तामोडमा शाखा सञ्चालन ल्याइएको कन्सलट्यान्सीकी सञ्चालक दीया भण्डारीले जानकारी दिइन् ।

बिदेश अध्ययनका लागि जाने इच्छुक बिद्यार्थीलाई उचित सल्लाह परामर्श सहित सम्बन्धीत देशको रहन सहन, त्यहाँको वाताबरण साथै भाषा लगायतका बिषयमा जानकारी पश्चात मात्र विद्यार्थीलाई पठाइने बिर्तामोड शाखाका प्रवन्ध निर्देशक हेमन्त पाण्डेले जानकारी दिए ।  

कन्सलट्यान्सीबाट अस्टे«लिया, अमेरिका, जापान, युके, दक्षिण कोरिया, फ्रान्स, न्यूज्यल्याण्डलगायतका देशमा अध्ययनमा जाने बिद्यार्थीलाई परामर्श दिएर पठाइने अस्विन देउजाले जानकारी दिए ।

युस रिर्टन तथा शाखाका सिनियर काउन्सिलर सिर्जन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्ध निर्देशक पाण्डेले गरेका थिए ।