बिर्तामोड : बिर्तामोडमा बिहिबार भएको बैंक तथा घर तोडफोडको घटनामा संलग्नमाथि प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टका अनुसार आज पक्राउ परेकाहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको हो ।
बिहिबार बिर्तामोडको एभरेष्ट बैंक , ज्योति विकास बैंक र एनआइसी एसिया बैंकमा ढुंगा प्रहार भएको थियो । जसबाट एभरेष्ट बैंक रहेको मायादेवी कम्प्लेक्समा धेरै क्षति पुगेको छ ।
तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका बिर्तामोड ३ बस्ने २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति ४ का ३४ वर्षीय अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका १६ वर्षीय दिपेश राई र बिर्तामोड ४ बस्ने १८ वर्षीय पवन दुलाललाई प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको हो ।
दुर्गा प्रसाईले नेतृत्व गरेको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को नागरिक युवा दस्ताले बिर्तामोडका तीन वटा बैंक तोडफोड गरेका थिए ।