एमाले निकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालको अध्यक्षमा होमप्रसाद धिताल निर्वाचित भएका छन् । आज मेची आँखा अस्पतालको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनबाट धिताल दुई बर्षे कार्यकालकालागि अध्यक्षमा निर्विरोध भएका हुन् ।

 त्यस्तै उपाध्यक्षमा रमेश सापकोटा, सचिवमा पुष्पप्रसाद अधिकारी, सह–सचिवमा बिनिता मिश्र, कोषाध्यक्षमा नित्राकुमारी अधिकारी निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा देबनिधि दाहाल, प्रभा राउत, अनु कार्की, निश्मा भारती, ज्योति गुरुङ र देवीकुमारी राई निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सन्तकुमार राईले जानकारी दिए । 

WhatsApp Image 2024-05-11 at 03.12.07 (1)

यस अघि खुला सत्र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको केन्द्रिय अध्यक्ष उमेश गिरीको प्रमुख आतिथ्यता तथा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालको अध्यक्ष कबिता कार्की कडरीयाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत युनियन उपाध्यक्ष श्रवण सरदारले गरेका थिए । 

WhatsApp Image 2024-05-11 at 03.12.07

कार्यक्रमका बिशिष्ट अतिथिद्धय  मेची आँखा अस्पतालका सचिव गणेश पोखरेल तथा मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशिले अस्पताल संवेदनशिल ठाउं भएका कारण राजनीति नभएर अस्पतालमा काम गर्नु पर्ने सुझाब दिएका थिए । ब्यक्ति पिच्छे फरक फरक दलमा आस्था, समर्थन र रोजाइ हुन सक्ने  बताउंदै उनीहरुले अस्पताल बाहिर जे जे गरे पनि अस्पतालभित्र भने राजनीति नभई बिरामीको सेवामा जोड दिनु पर्ने धारणा राखेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि गिरी सहित बिर्तामोड नगरपालिका ३ नम्बर वडाध्यक्ष मदन बुढाथोकी, नेपाल स्वास्थ्यकर्मी युनियन पूर्व केन्द्रिय उपाध्यक्ष तथा बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख दिपक सापकोटा, नेपाल चिया कफी श्रमीक युनियन केन्द्रिय अध्यक्ष शन्तकुमार राई लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी युनियन सचिव पुष्पप्रसाद अधिकारीले गरेका थिए ।