झापा– 

नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को केन्द्रिय अध्यक्षमा पुनः गजेन्द्रबहादुर पौडेल  चयन भएका छन् । झापा बिर्तामोड निवासी पौडेल ४ बर्षे कार्यकालकालागि पुःन दोस्रो पटक अध्यक्षमा चुनिएका हुन् ।  

यहि बैशाख २१ र २२ मा सम्पन्न महाधिवेशनबाट पौडेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको हो । 

नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा रविन शर्मा भुसाल, महिला उपाध्यक्ष गोमा नेपाल, उपाध्यक्ष चिरञ्जीवि पौडेल, महासचिवमा लेखनाथ दाहाल,उपमहासचिव रमन घिमिरे, सचिव मिनराज पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्ट निर्वाचित भएका छन् ।

 त्यस्तै सदस्यहरुमा सिता विक, सविता श्रेष्ठ, खेमकुमारी आचार्य,प्रदीप बञ्जरा, देवीराम तिवारी, जक्त बहादुर श्रेष्ठ, लेखनाथ गैरे, दिपक बाँस्तोला, इश्वरानन्द कर्ण, प्रदीप शाह र मोहनचन्द्र दाहाल निर्वाचित भएको नव निर्वाचित महासचिव लेखनाथ हाहालले जानकारी दिए । 

InShot_20240505_160316970-768x511

महाधिवेशनमा प्रति ५० सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने र सोही प्रतिनिधिहरुको भेलाले नयाँ नेतृत्व चयन गर्ने बैधानीक व्यवस्था रहेको महासचिव दाहालले बताए ।

 हाल सम्म युनिकम नेपालका ३५ जिल्ला समिति र सात वटै प्रदेश समितिहरु गठन भइसकेका छन् । मार्केटिङ,डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकल, लगायत १० वटा विषयगत क्षेत्रमा आबद्ध कर्मचारीका सङ्गठनहरू र ६ हजार भन्दा बढी सदस्यता युनिकममा आबद्ध रहेको दाहालले बताए ।

श्रमिकका अधिकार सुनिश्चित गर्दै रोजगारदाता कम्पनीसँगको समन्वय सहकार्यमा आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष गजेन्द्रबहादुर पौडेले बताए ।

 झापाबाट सुरु भएको यो अभियान अहिले देशव्यापी बनाउदै लगिएको पौडेलको भनाई छ । 

विभिन्न व्यापार व्यवसायमा आबद्ध कर्मचारीहरूको सेवा सुविधा, नियमित पारिश्रमिक र रोजगारीको सुनिश्चितताका लागि काम गर्दै आएको युनिकमलाई संस्थागत गर्दै यहाँसम्म ल्याउन सबैले सकारात्मक भूमिबाट सम्भव भएका उनको भनाइ छ ।

सदस्यहरूका लागि नेतृत्व क्षमता विकासका विविध आयाममा तालिम समेत गर्दै आएको युनिकमले सबै व्यापारी तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनका लागी सम्बन्धित निकायसँग अवश्यक संवाद गर्ने जनाएको छ ।