शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपमा मंगलबार भएको खेलमा वडा नं. वडा नं. ८ विजयी र शिवसताक्षी मिनी भेट्रान विजयी भएको छ । शिवसताक्षी ८ ले वडा नं. ४ लाई  १– ० गोल अन्तरले हराउँदै विजयी भएको छ । खेलको म्यान अफदी म्याच वडा नं.४ का गोल किप्पर रामकुमार ताजपुरिया घोषित भए । 

त्यस्तै आजै भएको दोस्रो खेलमा  शिवसताक्षी २ लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले हराउँदै  मिनी भेट्रान विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धेकेल्लिएको थियो । खेलको म्यान आफदी म्याच मिनी भेट्रान क्बलका गोल रक्षक डम्बरबहदुर सेलिङ्ग (रविन) घोषित भए ।  

त्यस्तै आजै भएको  क्रिकेट तर्फको पहिलो खेलमा वडा नं. ९ विजयी भएको छ ।  वडा नं. २ लाई १ उइकेटले हराउँदै  वडा नं. ९ विजयी भएको हो । खेलको म्यान आफदी म्याच वडा नं. ९ का खेलाडी प्रसाद लक्सम घोषित भए । उनले २ उइकेट लिएर २४ रन बनाएका थिए ।  त्यस्तै दोस्रो खेलमा वडा नं. १० विजयी भएको छ ।

शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुको टिम विरुद्ध १८ बलमा ४९ रन बनाउँदै वडा नं. १० विजयी भएको आयोजकले जनाएको छ । जसको म्यान अफदी म्याच वडा नं. १० का सरोज बस्नेत घोषित भए ।

आज भएका चार वटै खेलबाट म्यान आफदी म्याचको घोषित भएका खेलाडीहरुलाई शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाई र नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङले नगद तथा ट्रफी प्रदान गरेका थिए । 

त्यस्तै नगर कप अन्तर्गतको आज हुने ५ खेल मध्ये तीन भलिबल खेल सम्पन्न भएको छन् । २ वटा खेलमा वडा नं. ९ र २ लाई स्वत विजयी घोषणा गरिएको छ । भलिबलमा  वडा न. १, ६, ११, विजयी भएका छन् । वडा नं. ७ लाई हराउँदै वडा नं. १ विजयी भएको हो । त्यस्तै आजै भएको खेलमा वडा नं. ८ लाई पछि पार्दै वडा नं. ६ विजयी भएको छ ।

त्यस्तै गरी वडा नं. ३ लाई हराउँदै वडा नं. ११ विजयी भएको आयोजकले जनाएको छ । वडा नं.९ र वडा नं. ४ बीच हुने भलिबल खेल र वडा नं. २ र ५ बीच हुने भलिबल खेलमा वडा नं. ५ र ४ को टिमले खेलमा सहभागिता नजनाएपछि आयोजकले वडा नं. ९ र २ लाई विजयी घोषित गरेको आयोजकले जनाएको छ । 

फुटबल तर्फको भोली बुधबार वडा नं. ७ र ८ , त्यस्तै वडा नं. ११ र १० बीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।