बिर्तामोड : एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औँ एएफसी ग्रासरुट दिवस मनाएको छ । झापाको बिर्तामोडमा रहेको स्पोर्टिङ क्लबले  आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा बुधबार सभंm ग्रासरुट दिवस मनाएको हो ।

फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

क्लबले आफ्नो मातहातमा रहेका ८० जना युवा खेलाडीमाझ फुटबलको स्किल तथा अन्य प्राविधिक पक्षबारे जानकारी गराउँदै दिवस मनाएको थियो ।

क्लबले विगतका वर्षहरुयता ८ वर्षदेखि १३ वर्ष उमेर समूहका ८० जना बालबालिकालाई फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

यसैबीच, क्लबले एन्फा अन्डर १३ मा छनोट भएका एकता स्पोर्टिङ क्लबका चारजना खेलाडीलाई विदाइ गरेको छ ।

क्लबमा प्रशिक्षण लिँदै आएका मिसन हस्दा, लक्ष्मी किस्कू, सुसन राई र सुप्रिम बास्तोलालाई विदाइ गरिएको हो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड–२ का वडा अध्यक्ष किशोर पौडेल, सामाजिक अगुवा मदनगोपाल सुब्बा लगायतले बालबालिकालाई शुभकामना दिएका थिए ।

क्लबका उपाध्यक्ष खेमराज गिरीले स्वागत गरेको कार्यक्रमको  औचित्यमाथि प्रकाश दिपेश खतिवडाले पारेका थिए भने कार्यक्रमको सञ्चालन रमेश उप्रेतीले गरेका थिए ।